नियम
उजुरी सम्बन्धी व्यवस्था

(१) कसैले घरेलु हिंसाका सम्बन्धमा उजुरी दिन चाहेमा अनुसूची–१ बमोजिमको ढाँचामा उजुरी सुन्ने निकाय समक्ष उजुरी दिनु पर्नेछ ।
(२) कसैले घरेलु हिंसाका सम्बन्धमा मौखिक उजुरी दिएकोमा उजुरी सुन्ने निकायले त्यस्तो मौखिक उजुरीलाई अनुसूची–१ बमोजिमको ढाँचामा लेखी लेखाई उजुरीकर्ताको सहीछाप गराउनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम उजुरी प्राप्त भएमा उजुरी सुन्ने निकायले त्यस्तो उजुरी नियम ४ बमोजिमको दर्ता किताबमा दर्ता गरी उजुरीकर्तालाई अनुसूची–२ बमोजिमको ढाँचामा भरपाई् दिनु पर्नेछ ।
(४) कसैले घरेलु हिंसा सम्बन्धमा अदालत र अन्य उजुरी सुन्ने निकायमा समेत उजुरी दिएमा अदालतमा दिएको उजुरी उपर मात्र कारबाही गरिनेछ ।
(५) कसैले घरेलु हिसा सम्बन्धमा अदालत बाहेक एक भन्दा बढी उजुरी सुन्ने निकायमा उजुरी दिएमा पीडितले रोजेको कुनै एक निकायको उजुरी उपर मात्र कारबाही गरिनेछ ।
(६) घरेलु हिसा सम्बन्धमा पीडित र अन्य व्यक्ति दुवैको उजुरी परेमा पीडितले दिएको उजुरी उपर मात्र कारबाही गरिनेछ ।
(७) उपनियम (४), (५) वा (६) बमोजिम कुनै एक उजुरी उपर मात्र कारबाही गर्नु पर्ने भएमा त्यस्तो उजुरी सुन्ने निकायले सो कुराकोे जानकारी सम्बन्धित उजुरी सुन्ने निकायलाई दिनु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम जानकारी प्राप्त भएमा त्यस्तो उजुरी सुन्ने निकायले सो व्यहोरा उजुरी दर्ता किताबमा जनाई उजुरीको लगत कट्टा गर्नु पर्नेछ ।